वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

अष्टलक्ष्मी शाक्य : छोटो कार्यकालमा पदच्यूत हुने मुख्यमन्त्री !

अष्टलक्ष्मी शाक्य : छोटो कार्यकालमा पदच्यूत हुने मुख्यमन्त्री !

काठमाडौं । एमाले नेता अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन् । गत २ भदौमा एकल बहुमतका साथ मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनले अल्पमतमा पुर्‍याएको हो । एमाले भित्र माधवकुमार नेपाल गूटकी शाक्यलाई एमाले अध्यक्ष केपी ओली गूटले मुख्यमन्त्री बन्न दिएको थिएन् तर, पार्टी विभाजन भएपछि एमालेमै रहेकी शाक्यलाई ओली गूटले मुख्यमन्त्री बनाएको थियो । शाक्य नेपालले विभाजन गरी बनाएको नेकपा एकीकृत समाजवादीमा नगएपछि अब मुख्यमन्त्री पदबाट हात धुनुपर्ने स्थितिमा पुगेकी छन् ।

सत्ता गठबन्धन दलले प्रदेश १ र बागमती प्रदेश सरकार भने एकीकृत समाजवादीलाई दिने निर्णय गरेका छन् । गठबन्धनसँग बहुमत भएकाले पनि शाक्यको पद जाने निश्चितप्रायः छ । बागमती प्रदेश सभामा शाक्यले विश्वासको मत दिन प्रस्ताव लगेकी छन् । जारी अधिवेशनबाटै उनले विश्वासको मत लिनेछिन् । एमालेका १३ सांसद्ले एकीकृत समाजवादी पार्टी रोजेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने तयारी छ ।

शाक्य छोटो कार्यकालकी मुख्यमन्त्री

शाक्यले संविधानको धारा १८८ (२) अनुसार विश्वासको मत लिन लागेकी हुन् । पहिलो महिला मुख्यमन्त्रीको रुपमा आफूलाई उभ्याउन सफल भएकी शाक्य संसद्को अविश्वासिलो मुख्यमन्त्रीको रुपमा नाम लेखाउँदै विदा हुने रक्षानमा पुगेकी हुन् । पार्टी विभाजन भएपछि उनी विश्वासको मत नै नपाउने स्थितिमा पुगेकी हुन् । फ्लोर क्रस नभएको खण्डमा उनले विश्वासको मत पाउने सम्भावना शून्य जस्तै छ । विश्वासको मत नपाएको खण्डमा उनी छोटो कार्यकालकी विश्वासको मत नपाउने मुख्यमन्त्रीका रुपमा रहनेछिन् ।

प्रदेश सभामा कुल ११० सदस्य छन् । दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधन पछि १ सिट खालिरहेको छ । बागमती प्रदेश सभामा हाल कूल १०९ सांसद छन् । जसमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादी केन्द्रका २३, एकीकृत समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् । शाक्यलाई आफ्नो मुख्यमन्त्री पद जोगाउन अर्थात् विश्वासको मत पाउनलाई ५७ मत आवश्यक पर्छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय