वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आइतबार थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ सय ६५ र ३ हजार १ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९५ हजार १ सय ९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ८ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७६ हजार ९ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् । हाल १३ हजार ८ सय ५९ जना होम आइसोलेसनमा र १ हजार १ सय ६५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । थप ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन