वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

साफ फुटबल: प्रशिक्षकले रक्षात्मक खेलाउँदा भारतसँग नेपाल पराजित

साफ फुटबल: प्रशिक्षकले रक्षात्मक खेलाउँदा भारतसँग नेपाल पराजित

काठमाडौं । साफ च्याम्पियन्ससिप फुटबलको आफ्नो तेश्रो खेलमा नेपाल पराजित भएको छ । आज सम्पन्न खेलमा नेपाल भारतसँग १- ० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले दोश्रो हाफमा गोल खान पुग्यो ।

खेलको ८२ औं मिनेटमा नेपाल विरुद्ध भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरे । यो नै भारतको जितका लागि पर्याप्त भयो ।

त्यस अघि भारतले सृजना गरेका केही महत्वपूर्ण प्रयास नेपालका गोलकिपर किरण कुमार लिम्बु तथा डिफेण्डरहरुले विफल बनाएका थिए ।

प्राय: नेपाली टोलीलाई आक्रमक फुटबल खेलाउने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरिले आजको खेलमा नेपाली टिमलाई डिफेन्सीभ मुडमा खेलाएका थिए । खेल अवधिभर डिफेन्सीभ खेलेको नेपालले गोल खाएपछि मात्रै आक्रमण बढाएको थियो ।

नेपाली टिम डिफेन्सीभ हुँदा खुलेर खेल्न पाएको भारतले पटक पटक आक्रमण गर्ने मौका पायो । र अन्तत: आक्रमण सफल बनाईछाड्यो ।

नेपाली टिमले आक्रामक फुटबल खेल्दा भारतीय टिमले खुलेर खेल्ने र आक्रमणको सहज मौका पाउने थिएन ।

हारका बाबजुत नेपाली टिम प्रतियोगितामा तालिकाको शीर्ष स्थानमा छ । नेपाल विरुद्ध जित निकालेपछि भारतीको भने प्रतियोगिताबाट बाहिरिने संभावना टरेको छ ।

नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ ।

४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् ।

अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय