वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

संसदमा नारा–जुलुस गरेको झण्डै एक करोड बुझे एमाले सांसदले

संसदमा नारा–जुलुस गरेको झण्डै एक करोड बुझे एमाले सांसदले

काठमाडौं । संसदीय अभ्यास र परम्परालाई समेत कुल्चँदै संघीय संसदको अधिवेशन सुरु भएकै दिन देखि नेकपा एमालेले संघीय संसदका दुवै अधिवेशन अवरुद्ध गर्दै आएको छ । सामान्यतया: अधिवेशन सुरु र अन्त्य भएको दिन यस अघि सौहार्दपूर्ण रुपमा दलका नेताहरुले बोल्ने, राष्ट्रपति कार्यालयका पत्र पढेर सुनाउने र कानुनी हिसावले पेश गर्दै पर्ने बिलहरु पेश गर्ने परम्परा थियो । तर एमालेले अधिवेशन सुरु भएको पहिलो दिनदेखिनै संसद अवरोधको श्रृंखला सुरु गर्यो ।

भद्र, परिपक्व र प्रतिनिधिसभामा तलमाथि भएपनि राष्ट्रिय सभामा नहुने । बौद्धिक र परिपक्व माथिल्लो सभा भनेर चिनिने राष्ट्रियसभालाई पनि एमालेले अवरोध गर्न छोडेन । राष्ट्रियसभा अवरोध गर्नुको कारण भने प्रतिनिधिसभाको विषय रहेको छ । त्यसैले केही दिन अघि राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटाले राष्ट्रिय सभामा बोल्दै ‘प्रतिनिधिसभाको रिसले राष्ट्रिय सभाको खाँबो चिथोर्न पाईदैन । अवरोधका लागि गरिएका भाषण र नाराजुलुस रेकर्डबाट हटाउन’ माग गरेका थिए ।

भदौं २३ गते संघीय संसदका दुवै अधिवेशन सुरु भय यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । प्रतिनिधिसभामा हरेक दिन संसद बैठक सुरु हुने वित्तिकै वेलमा जाने सभामुख विरुद्ध नारा लगाउने गरिरहेको छ भने राष्ट्रिय सभामा आफ्नो स्थानबाट उठेर अवरोध गर्ने गरेको छ । एमालेको अवरोधकै कारण संसदका कैयौं कामकारबाहीहरु प्रभावित भएका छन् । एकै बैठकमा हुने काम दोश्रो, तेश्रो बैठक सम्म बस्नु परेको छ । यसले राज्यका लागि आर्थिक भार थपिदिएको छ ।

एमाले सांसदहरु यसरी हरेक संसदका बैठक अवरुद्ध गरेपनि राज्यबाट तलव भत्ता भने बुझ्दै आएका छन् । संसदमा नारा जुलुस गरेवापद पनि उनिहरुले दैनिक झण्डै २५ सय तलव र २ हजार बैठक तथा सवारी भत्ता बुझिरहेका छन् ।

संघीय संसदमा एमालेका १ सय २२ सांसद छन् । प्रतिनिधिसभामा ९८ जना, राष्ट्रिय सभामा २४ जना । संसद सचिवालय उच्च श्रोतले दिएको जानकारी अनुसार एमालेका यी १२२ जनै सांसदले संसद अवरोध गरेको दिनको पनि बैठक भत्ता र तलव बुझिरहेका छन् ।

संसद सचिवालय लेखा शाखा श्रोतका अनुसार अहिले हरेक सांसदको मासिक तलव ७६ हजारको हाराहारीमा जाने गर्दछ । यसरी हेर्दा प्रति दिन एक सांसदले २५ सय रुपौंया बराबर पाउने गर्दछन् । उनीहरुको दैनिक बैठक भत्ता १ हजार र सवारी साधन भत्ता १ हजार हुन्छ । यो दुवै जोड्न एउटा बैठकमा सहभागि भएको भनेर सांसदले हाजिर मात्रै गरिदिएवापद ४५ सय रुपौंया पाउने गर्दछन् । हाजिर गरेपछि उनीहरुले काम गरेपनि आन्दोलन गरेपनि, बैठक बंक गरेर हिडेपनि त्यो रकम उनिहरुको खातामा सचिवालयले पठाईदिने गरेको छ ।

प्रति सांसदले दिनको ४५ सय बुझ्दा पनि एमालेका १ सय २२ सांसदले साँडे ५ लाख बुझे देखिन्छ । भदौ २३ गते यता एमालेका सांसदले लगातार संसद अवरुद्ध गरिरहेका छन् । त्यस यता १६ ओटा बैठक बसेको संसदको रेकर्डमा छ । १ सय २२ जना सांसदले प्रति दिन ४५ सयको दरले तलव भत्ता बुझ्दा अहिले सम्म अवरोध भएका १६ बैठकको कूल तलव भत्ता ८७ लाख ८४ हजार बराबरको रकम राज्यको कोषबाट नेकपा एमालेका सांसदहरुको एभरेष्ट तथा राष्ट्«िय बाणिज्य बैंकको खातामा गएको देखिन्छ । तलवमा भएको समायोजन तथा कर कट्टि जस्ता विषय समेटिँदा सचिवालयले उपलब्ध गराएको यो हिसावमा केही तलमाथि हुने देखिन्छ ।

संसद बैठकका क्रममा सांसद र नेता मात्रै हुँदैनन्, उनीहरुको पिए, उनीहरुले प्रयोग गर्ने सरकारी सवारी साधन तथा अतिरिक्त प्रशासनिक खर्च समेत हुन्छ । जुन कुरा यहाँ जोडिएको छैन ।

सचिवालयका एक पूर्व सचिव समाचार दैनिकसँग भन्छन्, ‘यो एउटा नैतिक प्रश्न हो । संसद बैठक बसेवापत राज्यको काम गरेको नाममा बैठकमा जान आउन भनेर भत्ताको व्यवस्था गरिएको हो । तर यहाँ त राज्यलाई नै असहयोग गर्नका लागि राज्यको साधन श्रोतको दुरुपयोग गरेवापद पनि माननीयहरु लाजै नमानी तलव भत्ता दिईरहेका छन् ।’

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन