वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

मुगु बस दुर्घटनाको अपडेट मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु बस दुर्घटनाको अपडेट मृत्यु हुनेको संख्या २८ पुग्यो

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८ जना पुगेको प्रहरीले बताएको छ । १५ जना घाइतेहरुलाई थप उपचारको लागि समिट एअरको विमानमार्फत नेपालगञ्ज लगिएको छ । बाँकी घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मुगुको ताल्चा विमानस्थलतर्फ पठाइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सामान्य घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिरहेको जनाइएको छ ।अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो पनि पढ्नुहोस्

सुर्खेतबाट मुगुको सदरमुकाम हिडेको बस दुर्घटना, २२ जनाको मृत्यु

 

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय