वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

चीनको सान्सी प्रान्तमा आँधीबाट १५ जनाको मृत्यु, ३ बेपत्ता

चीनको सान्सी प्रान्तमा आँधीबाट १५ जनाको मृत्यु, ३ बेपत्ता

ताइयुआन । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्।

प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको छ। उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १, २०,१०० जनालाई स्थानान्तरण गरिएको छ।

यसैगरी ३, ३७, ७०० घर भत्किएका भने २, ३८, ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ । जसको कारण ७८० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको सिन्ह्वाले जनाएको छ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन