वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

शाहरुखका छोरा छुटाउने जिम्मेवारी सलमानका वकिल देसाईलाई

शाहरुखका छोरा छुटाउने जिम्मेवारी सलमानका वकिल देसाईलाई

काठमााडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान लागूऔषध ड्रग्स कारोबारको मुद्दामा जेलमा थुनिएका छन् ।

आर्यनलाई छुटाउन चर्चित वकिल सतीश मानशिंदेले प्रयास गरेपनि सफल हुन सकेनन् । अब शाहरुखले आर्यनका लागि नयाँ वकिललाई जिम्मेवारी दिएका छन् ।

शाहरुखले वकिल अमित देसाईलाई झिकाएर छोराको मुद्दामा खटाएका छन् । देसाईले सन् २००२ मा सलमान खानसँग जोडिएको ‘हिट एण्ड रन’ मुद्दामा सफलता हात पारेका थिए । देसाईले मुद्दामा सलमानलाई रिहा गराउन सफल भएका थिए ।

अब देसाईको काँधमा आर्यनलाई छुटाउने जिम्मेवारी आएको छ । अक्टुबर ११ तारिखमा देसाई आर्यनका लागि अदालत गएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शाहरुख खानको छोरा आर्यन केही दिन अगाडी ड्रग्स केसमा पक्राउ गरेका हुन् । उनीसहित अन्य धेरै व्यक्ति पक्राउ परेका छन् । अहिले आर्यन हिरासतमा नै छन् । उनको जमानतको लागि प्रयास भएको थियो तर सफल भने भएन ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन