वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

'ओलीले भाषण मात्रै गरेका थिए हामीले सीमा समस्याबारे भारतसँग कुरा गरेका छौैं'

'ओलीले भाषण मात्रै गरेका थिए हामीले सीमा समस्याबारे भारतसँग कुरा गरेका छौैं'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सीमा समस्यालाई कुटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने अडान भारतसमक्ष राखेर आएको बताएका छन् ।

न्यूज एजेन्सीसँगको कुराकानीमा सह महामन्त्री महतले भारत भ्रमणका क्रममा आफूहरुले सीमा समस्यालाई संवाद र कुटनीतिक रुपमा समाधान गर्ने बारेमा छलफल गरेको बताएका हुन् ।

उनले भारत भ्रमणका क्रममा व्यपार घाटाको समस्या, महाकाली तुइन प्रकरण र खोपको आपूर्तिको बारेमा छलफल भएको जानकारी गराए । उनले महाकालीमा भारतीय एसएसबीका जवानले तुइन काटीदिँदा नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा भारत सरकारले छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने कुरा राखेको र यसमा भारत सरकारले चासो देखाएको बताए । उनले भारत भ्रमणका क्रममा आफूले नेपाल सरकारको तर्फबाट राख्नुपर्ने मुख्य कुराहरु र मुद्दाहरु उठाएको बताए । भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा आफूले दुवै देशको हितका विषयमा चर्चा भएको उनको भनाइ छ ।

सह महामन्त्री महतले नेपाली काँग्रेससँग भारतीय जनता पार्टी ९भाजपा० ले उच्च महत्व र प्राथमिकता दिएको पनि बताए । उनले भारतीय पक्षले महाकाली तुइन प्रकरणमा आफूहरुको संलग्नता नरहेको बताए पनि महाकाली तुइन प्रकरण नेपाली जनतासँग जोडिएको कुरा भएकोले सरकारले नै एकपटक छानबिन गरेर निष्कर्षमा पुग्न आग्रह गरेको बताए ।

सहमहामन्त्री महतले भने, ‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र भारतको हीतमा छ भन्नुभयो, नेपाललाई सहयोग गर्न म तयार छु भन्नु भएको छ, समग्रमा मलाई लाग्छ, भ्रमणलाई भारतीय जनता पार्टीले उच्च महत्व दिएको छ, नेपाल र नेपाली काँग्रेस पार्टीसँग महत्वपूर्ण र निकट सम्बन्ध राख्न चाहेको, नेपालको सरकोकारका विषयहरु, चासो र चिन्ताका विषयहरुलाई उच्च प्राथमिकताका साथ सुनेको र त्यसलाई गम्भीरताका साथ लिएको मैले पाएँ, हामीले पनि हामी सम्बन्धित निकायमै कुरा राख्छौं, सडकमा बोल्दै हिँड्दैनौं भन्यौं, नेपाली जनतासँग जोडिएका कुरा हेर्नुपर्छ भन्दा उहाँहरुले अहिलेको भेटघाटमा अति महत्वका साथ र गम्भीरताका साथ हाम्रो कुराहरुलाई लिएको कतिपय कुराहरुलाई तत्काल सम्बोधन गर्ने कुराहरु भएकोले भ्रमण फलदायी पाएँ । कोभिशील्ड सप्लाई,तुइन प्रकरण, उनीहरुले त्यहाँ हामी संलग्न थिएनौं भन्ने आयो ।’

सहमहामन्त्री महतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुटनीतिक पहल नै नगरेको बताउँदै आफूले भारत सरकारसँग कुटनीतिक पहल शुरु गरेको दावी गरे । सहमहामन्त्री महतले भने, ‘अघिल्लो सरकारले त ठूलो कुरा मात्रै गर्‍यो, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त चर्को कुरा गर्ने, उहाँले कुटनीतिक तवरमा कुनै पनि कुरा बोल्नु भएन, हामीले त पार्टी तहमा पनि कुराहरु उठाइरहेका छौं, सरकारी तहमा पनि कुराकानी गरिरहेका छौं, हामी गम्भीर रुपमा सम्बन्धित ठाउँमा कुरा गर्नेमा विश्वास राख्छौं, जनतातिर फर्केर ठूलो स्वरले कराउने, तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ कुरा नराख्ने, त्यो गलत हो, त्यसले नेपालको हित गर्दैन, हामी कुटनीतिक टेबलमै आधार र तर्कसहित तथ्यांकसहित प्रश्तुत हुने र उहाँहरुको भनाइमा के आधार छ, त्यसमा छलफल गर्छौं, यो भन्दा अघिको सरकारले त कुरा नै गरेन, तर हामीले गर्न थाल्यौं ।’

उनले भारतीय जनता पार्टी ९भाजपा० सँगको सम्बन्धले नेपाली कांग्रेस र देशलाई नै सकारात्मक हुने बताए । कतिपय सम्बन्ध नेपालले बुझाउन नसकेर पनि समस्या आएको भन्दै उनले भारतसँग राम्रो सम्बन्ध बनाउन सम्वाद आवश्यक रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका चासो दिइरहेका छन् ।

भारत भ्रमणमा सह महामन्त्री महतसहित उदय शमशेर राणा र विजय चौरसियाको टीमले भाजपाका राष्ट्रिय महासचिवहरू अरुण सिंह, राजु बिष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाला लगायतका नेताहरुसँग भेट गरेका थिए ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन