वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

साफ च्याम्पियनसीप : नेपालले आज बंगलादेशसँग खेल्दै

साफ च्याम्पियनसीप : नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसीप फुटबलमा आज फाइनल पुग्ने टोलीको टुङ्गो लाग्दैछ ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले मालेस्थित नेसनल रंगशालामा दिउँसो ४ : ४५ बजे बंगलादेशसँग तथा माल्दिभ्सले भारतसँग खेल्दैछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन । तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ ।

नेपालले साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन् ।

५ राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट २ टोली फाइनलमा पुग्नेछन्

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय