वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगलको शानदार जित

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगलको शानदार जित

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले ह्याट्रिकसँगै विश्वकपको युरोपेली छनोट प्रतियोगितामा पोर्चुगलले लक्जेम्वर्गमाथि ५–० गोलअन्तरको शानदार जित हासिल गरेको छ ।

यो जितले पोर्चुगललाई समूह ए को दोस्रो स्थानमा पु¥याएको छ । पोर्चुगल टिम अंकतालिकामा सर्वियाभन्दा १ अंकले पछाडि छ । समूहको अन्तिम खेलमा यी दुई टोली भिड्दैछन् ।

रोनाल्डोले दुईपल्ट पेनाल्टीमा गोल गरे भने अर्को एक गोल डेहमार्फत गरी अरिकरको ५८औं ह्याट्रिक पूरा गरेका हुन् ।

बुर्नो फर्नान्डेज र जोआओ फलहिन्हाले पनि एक एक गोल थपे । घरेलु टोलीलाई ३–० को स्थितिमा पु¥याउन फर्नान्डेजले १८औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

तर, समाचारका हेडलाइनमा म्यानचेस्टर युनाइटेडका सुपरस्टार तथा फर्नान्डेजका टिममेट रोनाल्डोकै चर्चा योग्य रहन्छ । जसले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ११५ पु¥याएका छन् ।

३६ वर्षीय रोनाल्डोले दुई महिनाअघि मात्र सर्बाधिक अन्त्र्राष्ट्रिय गोलका रुपमा इरानका अली देईको १०९ गोलको कीर्तिमान तोडेका थिए ।

पोर्चुगलले समूहको अन्तिम खेल सर्वियासँग खेल्नुअघि रिपब्लिक अफ आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन