वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुगु, कास्की, अछामलगायत विभिन्न स्थानमा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको जनाएका छन् । बुधवार एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले दसैंको मुखमा भएको घटनाको खबरले मर्माहत बनाएको जनाएका हुन्।

’विजया दशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको छ। साथै, कास्की, अछामलगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको छ,’ प्रचण्डले भनेका छन्, ’दुर्घटनामा ज्यान गुमाउनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परी घाइते हुनुभएकाहरुमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निशुल्क उपचारका लागि सरकारसँग विशेष आग्रहसमेत गरेका छन्। उनले नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको देखिएको उल्लेख गर्दै यस्ता घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह गरेका छन्।

 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आजदेखि अल्पमतमा, बिश्वासको मत नपाउने

प्रधानमन्त्री देउवा बाढीपहिरो निरीक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय