वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउँछ : प्रदेश प्रमुख गुरुङ

चाडपर्वले आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउँछ : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीका अवसरमा उनले आज प्रकाशन गरेको शुभकामना सन्देशमा असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रुपमा मनाइने दसैँ पर्वको विशेष महत्व रहेको उल्लेख छ ।

“घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको विशेष अर्चना र आराधना गरिने गरिन्छ” शुभकामना सन्देशमा भनिएको छ, “दशमीको दिन मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।” उनले सन्देशमा हाम्रो मुलुकमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नाका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्णता राख्न महत्वपूर्ण योगदान पुगेको भनेका छन् ।

यस प्रकारका चाडपर्वको संरक्षण एवं संवद्र्धधनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने उनको विश्वास छ । कोरोना भाइरस सङ्क्रमण दर केही कम भए पनि पूर्ण रुपमा घटेको छैन । यस्तो अवस्थामा यस महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्न सन्देशमार्पmत सबैमा अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि