वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

बुधबार ३ सय ६५ जना कोरोनाका नयाँ संक्रमित फेला

बुधबार ३ सय ६५ जना कोरोनाका नयाँ संक्रमित फेला

काठमाडौं । नेपालमा बुधबार ३ सय ६५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । देशभर गरिएको ३ हजार ७ सय ७१ पिसिआर परिक्षणका क्रममा ३ सय २६ जना र १ हजार ९ सय २३ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार १ सय ३४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ६१ संक्रमित निको भएका छन् । त्यस्तै थप ६०९ जना कोरोनामुक्त हुँदा नेपालमा हालसम्म ७ लाख ७८ हजार ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १४ हजार २ सय ६७ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रधानमन्त्री देउवा बाढीपहिरो निरिक्षण गर्न दुई दिनका लागि सुदुरपश्चिममा

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि