वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’

मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियारहरु फेला परेको सशष्त्र प्रहरीले दाबी गरेको छ । प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सुकुम्बासीको नाममा टहरा बनाउने समूह र प्रहरीबीच आइतबार चारजनाको ज्यान जाने गरी झडप भएको थियो । घटनास्थलमा चलाएको सर्च अभियानका क्रममा झण्डै एक हजार थान बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको सशष्त्र प्रहरीले जनाएको छ ।

घटना भएका स्थानहरु रानीगन्ज, मगरघाट पुल मुनिको बगर र हरिहरगन्जमा खोजतलास गर्दा तयारी अवस्थामा राखिएका पेट्रोल बम र हसिया,भाटा लगायत घरेलु हतियारहरु फेला परेको सशस्त्र प्रहरी नं. २७ गणका सूचना अधिकृत सशस्त्र प्रहरी नायब उपरीक्षक निराकार शुक्लाले बताए । ‘अहिलेसम्म बियर र मदिराका करिब एक हजार थान बोतलमा पेट्रोल,शिशा र ढुंगाका टुक्रा भरेर तयारी हालतमा राखेको भेटियो’–शुक्लाले भने–‘प्रहरीमाथि आक्रमण गर्न निकै ठूलो र योजनावद्ध तयारी गरेको देखिन्छ ।’

सर्च अभियान जारी रहेकाले पेट्रोल बम र घरेलु हतियारको यकिन परिणाम बढ्न सक्ने शुक्लाले बताए । गत आईतवार मोतिपुर औधोगिक करिडोरको जग्गा कब्जा गरेर बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र अतिक्रमणकारी बिच झडप भएको थियो । झडपमा अतिक्रमणकारीहरुले प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर प्रहरी उपरीक्षक राजेश उप्रेतीसहित प्रहरीहरु घाइते भएका थिए ।
प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउंदा ४ जना सर्वसाधारणको ज्यान गएको थियो । झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा १० जना गम्भीर घाइते भएका थिए ।

झडपमा परी १८ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । घटनाको निष्पक्ष छानवीन गर्न मानव अधिकार तथा शान्ति समाज लगायतका संस्था र प्रमुख विपक्षी दल एमालेले माग गरेका छन् । स्थिति नियन्त्रणमा लिन आइतबार सांझदेखि कर्फ्यू जारी गरेको रुपन्देही प्रशासनले त्यस क्षेत्रमा जारी गरेको कर्फ्यू भने आजबाट हटाएको छ।

 

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन