वि.सं २०७८ कातिर्क ४ बिहीबार फोरेक्स युनिकोडमौसम

नेपालले रच्याे इतिहास: साफ फुटबलकाे फाइनल प्रवेश

नेपालले रच्याे इतिहास: साफ फुटबलकाे फाइनल प्रवेश

काठमाडाैं। नेपाली फुटबलमा नयाँ इतिहास कायम भएकाे छ। माल्दिभ्समा जारी फुटबल प्रतियोगितामा अाज बंगलादेश विरुद्ध बराबरी खेलेर नेपाल साफ फुटबलकाे फाईनलमा प्रवेश गरेकाे हाे। नेपाल साफ फुटबलमा पहिलाे पटक फाइनलमा पुगेकाे हाे।
अाज भएकाे चाैथाे खेलमा नेपाल १०अाै मिनेटमा गाेल खादै पछि परेकाे थियाे । दाेस्रने हाफकाे ८८अाै मिनेटमा पाएकाे पेनाल्टीलाई नेपाली फरवार्ड अन्जन विष्टले गाेल फर्काएका थिए।

यस अघि खेलको ७९औ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमानले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै बंगलादेशले पहिलो हाफमा नेपालविरुद्ध १-० गोलको अग्रता लिएको थियो । बंगलादेशले खेलको नवौं मिनेटमा गोल गर्दै नेपालविरुद्ध १-० गोलको अग्रता लिएको हो । बंगलादेशका लागि सुमोन रेजाले गोल गरेका थियो ।

यो बराबरीपछि नेपालको ४ खेलमा ७ अंक भएको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब आजै हुने भारत र माल्दिभ्सबीचको खेल पछि फाइनल खेल्ने अर्को टिमको टुंगो लाग्ने छ । यस खेलमा फाइनलमा पुग्न भारतले जित्नै पर्ने अवस्था छ भने माल्दिभ्सले बराबरी खेलेमा फाइनल पुग्ने छ ।

पहिरोमा परी २१ जनाको मृत्यु, दुई जना बेपत्ता

राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गदै

प्रतिनिधिसभाको अवरोध खुलाउन पहल गरिने–सभामुख

बाढी पहिरोबाट मृत्यु हुने परिवारलाई २ लाख दिने सरकारको निर्णय

६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन