2437
Shareकाठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले चालेको पछिल्लो कदमले नागरिक आक्रोशित र निराश बन्दै गएको बताएका छन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै पुनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको भन्दै सरकारको कदमले नागरिक निराश बन्दै गएको उल्लेख गरे ।
संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै प्रधानमन्त्रीको कदम सच्चिनुपर्ने बताए । उनले प्रधानमन्त्रीको गलत कदमले आज नागरिकमा नैराश्यता छाएको भन्दै अझै पनि सच्चिने ठाउँ भएको बताए ।