वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

भागरथीको हत्या अभियोग लागेका दिनेशको अनुहार सार्वजनिक गर्नु कति उचित, कति अनुचित ?

भागरथीको हत्या अभियोग लागेका दिनेशको अनुहार सार्वजनिक गर्नु कति उचित, कति अनुचित ?

पुष्पा महरा/ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट माघ २१ गते सम्पर्क विहीन बनिन् । स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने उनी विद्यालयबाट घर फर्किँदा सम्पर्कविहीन भइन् ।

अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । त्यसयता हत्यारालाई कारवाहीको माग गर्दै दैनिक जसोत नै त्यहाँ प्रदर्शन भए । प्रहरीले हत्याराको खोजी कार्य तीव्र पार्‍यो । अन्ततः फागुन ५ गते हत्यारा आरोपितलाई प्रहरीले सार्वजनिक गर्‍यो । हत्याका अभियोगमा पक्राउ परेका भागरथीका सहपाठी थिए दिनेश भट्ट ।

एउटै विद्यालयमा कक्षा ११ पढ्ने एक वर्ष कम उमेरका दिनेशलाई घटना भएको १३औँ दिन प्रहरीले पक्राउ गर्‍यो ।

फागुन ४ गते नै प्रहरीले हत्यारा पत्ता लागेको जस्तो शंकेत गरिसकेको थियो । त्यसयता बुधबार विहानैदेखि सामाजिक सञ्जाल तथा विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा ‘भागरथीको हत्यारा दिनेश’ भन्दै उनको फोटो भाइरल बन्यो ।

उसोतः अपराह्न २ बजेपछि जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त भनिएका भट्टराई सार्वजनिक गरिएको हो । प्रहरीले निरन्तर घटनास्थल र त्यससँग जोडिएकाहरुको बारेमा अनुसन्धान गरेको र प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शीको बयान, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । दिनेशले भागरथीको हत्या गरेको पनि प्रहरी समक्ष स्वीकार गरिसकेको प्रहरीको भनाई छ ।

पत्रकार सम्मेलनमा दिनेशनलाई सार्वजनिक गरियो । उनी कालो रङको ज्याकेट लगाएको, ज्याकेटकै टोपीले टाउको छाेपेको, अनुहारमा पनि कालो रङको कपडाले ढाकेको आँखा मात्रै देख्न सकिने अवस्थामा प्रहरीले उनलाई सार्वजनिक गर्‍यो । ‘प्रहरीले भागरथीका हत्यारालाई सार्वजनिक गर्‍यो’ भन्ने शीर्षकमा उनको यो तस्वीर सञ्चार माध्यममा आए । तर त्यो अगावै उनको तस्वीर सार्वजनिक भइसकेको थियो । ‘यिनै हुन् भागरथीको हत्यारा’, ‘तपाई यी हत्यारालाई के भन्न चाहनुहुन्छ’, ‘दुई शब्द जाओस् भागरथीको हत्यारालाई’ जस्ता विभिन्न शीर्षकमा फेसबुकमा दिनेशको तस्वीर सार्वजनिक भए । नाम चलेका अनलाइनहरुमा समेत सोही तस्वीर अनुहार प्रष्ट देखिने र चिन्न सकिने गरी ‘भागरथीको हत्यारा’ भन्दै फोटो सार्वजनिक गरियाे ।

दिनेश अपराधी होइनन् । प्रहरीले अपराधको आशंकामा उनलाई पक्राउ गरेको हो । अदालतले दोषी ठहर गर्नुपूर्व यसरी उनलाई अपराधी भन्नु नै गलत भएको बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की बताउँछन् । ‘दिनेश यदि निर्दोष सावित भएमा त्यसको क्षतिपूर्ति कसैले पनि दिन सक्दैन, तर यदि उनी दोषी नै हो भने पनि त्यो पुष्टि हुन बाँकी छ अदालतले पुष्टि गर्छ ।’ प्रेस काउन्सिलका पूर्व अध्यक्ष समेत रहेका कार्कीले सस्तो लोकप्रियताका लागि मिडियाहरुमा दिनेशको तस्वीर जस्ताको तस्तै सार्वजनिक गरेर समाचार बनाइनु पत्रकार आचार संहिताको विपरित भएको बताए । अपराधी नै भएपनि उसको पनि आफ्नो अधिकार हुने भन्दै कार्कीले यसको सवालमा पीडित पक्षले प्रेस काउन्सिलमा मुद्दा हाले दोषीउपर कारवाही हुनसक्ने समेत बताए ।

दिनेशले प्रहरी समक्ष आफू १७ वर्षकाे भएको बयान दिएका छन् । नेपालको कानुनले १८ वर्ष नपुगेको व्यक्तिले अपराध गरेको पुष्टि भए जेलको सट्टा बाल सुधारगृहमा पठाउने व्यवस्था गरेको छ । क्रूर तरिकाले हत्या गर्ने अपराधीलाई जन्मकैद अर्थात् २५ वर्ष जेल सजाय हुने व्यवस्था छ भने नाबालक साढे १२ वर्ष नै बाल सुधारगृह बसे पुग्छ । गत १२ असोजमा बझाङको मस्टा गाउँपालिकामा १२ वर्षीया सम्झना विकलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पनि हाल डोटीस्थित बाल सुधारगृहमा राखिएको छ । दिनेशको बयान अनुसार उनी पनि नाबालक नै ठहरर्छन् । त्यसैले उनी बढीमा ८ वर्षसम्म सुधारगृहमा बस्न सक्छन् । त्यसपछि यही समाजमा उनी फर्किनुपर्ने हुन्छ । यसरी सर्वाजनिक गरिएको अनुहारले उनलाई पुनः यही समाजमा सभ्य भएर बाँच्छु भन्दा यो समाजले देला त भन्ने गहन प्रश्न हो ।

दिनेशले बलात्कार, हत्या गरे भनि प्रमाणित हुँदा दोषी उनी हुन्छन् । दिनेशका परिवारलाई ‘हत्याराकी दिदी, हत्याराकी आमा, हत्याराको बाउ, दाई, बाजे इत्यादी भन्दा त्यो गलत हुन जान्छ । कसैले अपराध गरे त्यसकाे भागीदार पनि उही हुने हाे । उसका आफन्त वा परिवार किन मुछ्नु । उसै पनि अझैसम्म दोषी करार भएका होइनन् दिनेश आरोप मात्रै हो, पुष्टि हुन बाँकी छ । तर सस्तो लोकप्रियताका लागि कसैको जीन्दगीसँग खेल्ने अधिकार न त सामान्य नागरिकलाई छ न पत्रकारलाई नै ।

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

ब्राउनसुगरसहित दुई जना पक्राउ