वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

समाचार प्रभाव: मात्तिएर अपहरणको धम्की दिने गुरु भट्टराई, निशानामा तिलक परियार ?

समाचार प्रभाव: मात्तिएर अपहरणको धम्की दिने गुरु भट्टराई, निशानामा तिलक परियार ?

काठमाडौं । फागुन २ गते आईतबार समाचार दैनिकले गुरु भट्टराईको विवादास्पद अडियो– ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु’ शीर्षकमा रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईको अडियो सहितको समाचार प्रकाशन गरेको थियो । त्यसको प्रभाव आज सतहमा आएको छ । तर विडम्बना जो सरकारको नियुक्ति खाएर पद र प्रतिण्ठामा बसेको छ उसैलाई संरक्षण गरेर सरकारले विकृति सार्वजनिक गरेको आरोपमा अर्को पक्षलाई कारबाही गरेको छ ।

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको बारेमा समाचार दैनिकमा छापिएको समाचार र सार्वजनिक अडियोको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ का प्रमुख तिलक परियारलाई बर्खास्त गरेका छन् । परियारको ठाउँमा रौतहटका राजेश झा (राजेश अहिराज)लाई नियुक्ति गरिएको छ ।

सोनाम ल्होसारका दिन रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र प्रदेश २ का प्रमुख परियारका स्वकीय सचिव अनिल पासवानबीचको फोन रेकर्ड समाचार दैनिकले आईतबार प्रकाशन, प्रशारण गरेको थियो । सो अडियो बाहिर ल्याएपछि सार्वजनिक रूपमा रेल्वेका महाप्रबन्धकको आलोचना भएको थियोे । सो विषयलाई लिएर भट्टराईले माफि समेत मागेका थिए । अश्लील गाली गलौच गरिएको सो अडियोको सामाजिक सञ्जालमा टिकाटिप्पढी भईरहेका बेला प्रदेश प्रमुख परियारलाई मन्त्रीपरिषद्को सिफारिसमा हटाउन निर्णय गरेको हो ।

आफ्नो अडियो सार्वजनिक भएपछि रेल्वे कम्पनीका भट्टराईले प्रधानमन्त्री केपी ओलीसँग भेटेर पासवानबारे रिपोर्ट गरेका थिए । आफूलाई फसाउनका लागि पासवानले अडियो सार्वजनिक गराएको दावी गर्दा भट्टराईले प्रधानमन्त्री समक्ष विलौना गरेपछि प्रधानमन्त्रीले उनलाई केही दिनमै यस विषयमा निर्णय गर्ने आश्वासन दिएर फर्काएको बालुवाटार श्रोतले बतायो ।

अश्लिल भाषा प्रयोग गरेर सार्वजनिक पदमा बसेको व्यक्तिले अपहरण गर्ने धम्की दिएपछि धेरैले भट्टराई माथि सरकारले कारबाही गर्ने अपेक्षा गरेका थिए । तर विडम्बना सरकारले भने प्रदेश प्रमुखका स्वकीय सचिवले गरेको सम्बादलाई आधार बनाएर प्रदेश प्रमुख परियारलाई नै बर्खास्त गरेको छ ।

प्रदेश प्रमुखबाट एक्कासी हटाईएपछि समाचार दैनिकालाई प्रतिक्रिया दिदै निवर्तमान प्रदेश प्रमुख तिलक परियारले कुनै जानकारी नदिई आफूलाई हटाएको बताए । सरकार र पछिल्लो राजनीति घटनाक्रमको विषयमा आफूले कुनै प्रतिक्रिया नदिएको अबस्थामा आफ्नो स्वकीय सचिवसँगको झगडालाई प्रमुख मुद्दा बनाउनु गलत अभ्यास भएको परियारले बताए । यो राजनीतिक भन्दा पनि कसैको व्यक्तिगत रिसिवी साध्नकै लागि प्रदेश प्रमुख हटाउनु गलत संस्कारको अभ्यास भएको छ ।

प्रदेश प्रमुख परियारलाई हटाएको विषयमा नेकपाले पत्रकार सम्मेलन गरेर विरोध जनाईसकेको छ । त्यस्तै नेपाली काँग्रेसले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्तको विरोध जनाएको छ । साथै काँग्रेसले प्रधानमन्त्री ओली स्वच्छाचारि बनेको आरोप लगाएको छ । प्रमुख परियारलाई हटाउने कार्य तत्काल रोक्न समेत काँग्रेसले माग गरेको छ ।

यस्ताे थियाे अडियाे सम्बाद:

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकार विप्लव वार्ता नाटकीय ढंगले सुरु–यस्तो थियो प्रतिवन्ध लगाउनुको कारण

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक