वि.सं २०७७ फागुन १४ शुक्रबार फोरेक्स युनिकोडमौसम

२३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप, यस्तो छ सर्वसाधारणको बुझाई

२३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप, यस्तो छ सर्वसाधारणको बुझाई

झापा । सरकारले आगामी २३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप अभियान शुरु गर्दैछ । प्राथमिकतामा परेका नागरिकलाई त्यस अगाडीनै खोप दिने र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप वितरणको तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारको यो अभियानलाई स्वयम जेष्ठ नगरिकहरुले चाहि कसरी लिएका छन् त ?

गत बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको छ । यो उमेर समुहमा कुल २८ लाख जनसंख्या रहेको अनुमान सरकारको छ । निकट भविश्यमा २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरीद गरेको भित्राइदैछ । कोभ्याक्समार्फत समेत कोरोना खोप आउने भएकाले खोपको अभाव नहुने बताइएको छ । यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो ।

खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको हो । यसपछि भने ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने भएका छन् । जेष्ठ नागरिकलाईपनि सरकारले कोरोना बिरुद्धको खोप लगउने भन्ने निर्णय सुन्दा स्वयम लाभग्राही अर्थात जेष्ठ नागरिकहरुलाई चाहि कस्तो लागेको छ त ? यसले जेष्ठ नागरिकहरुलाई राज्यले कत्तिको सम्मान गरेको महसुश भएको छ त ? झापा दमक ५ का जेष्ठ नागरिक कमल प्रसाद दाहाल भन्छन्, “यो देशमा सरकारले जेष्ठ नागरिकहरुलाई सम्मान गरेकै छ । कम्युनिष्ट सरकारले यस देशका जेष्ठ नागरिकहरुलाई पहिलादेखीनै सम्मान गर्दै आएको र त्यसको निन्तरता अहिलेसम्मपनि रहिरहेको छ । यसमा हामी जेष्ठ नागरिकहरु खुसी छौं ।”

यस्तै पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी परेपनि दोश्रोमा जेष्ठ नागरिक नपर्नु तर तेश्रो प्राथमिकतामा चाहि जेष्ठ नागरिकहरुनै पर्नुलाई उनीहरुले खसै ठुलो कुर नभएको प्रतिक्रिया दिएका छन् । खोपको उपलब्धताका आधारमा सरकारले प्राथमिकता निर्धारण गरेका काण केहि तलमाथि हुन जादैमा आत्तीहाल्नुपर्ने र रिसाईहाल्नुपर्ने कुनै कारणनै नभएको जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष सिताराम खतिवडा बताउँछन् ।

यस्तै झापा गौरादह ७ की जेष्ठ नागरिक महालक्ष्मी अधिकारी सरकारले ढिलै भएपनि जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको ोप दिने निर्णय गर्नु सकारात्मक रुपमा लिनुपर्ने बताउँछिन् । जेष्ठ नागरिक राज्यका गहना हुन् भन्ने कुरा सरकारले पहिलानै बुझ्नुपर्ने भएपनि ढिला आएरै भएपनि जेष्ठ नागरिकलाई कोभिड बिरुद्धको खोपमा प्राथमिकतामा पार्नु एउटा सुखद् कुरा भएको उनको प्रतिक्रिया छ ।

अग्रपंक्तिका स्वास्थ्यकर्मी, कर्मचारी एवं सञ्चारकर्मीपछि जोखिमका आधारमा ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको हो । देशभरिका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोभीसिल्ड नामक खोप लगाउन लागेका जेष्ठ नागरिकहरुलाई चाहि यो खोप कस्तो हो भन्ने जानकारी खासै छैन । यद्यपी विश्वका धेरै देशहरु अहिलेपनि खोपको खोजीमा भौतारिरहदा नेपालमा खोपको व्यवस्थापन हुनुलाई सरकारको सक्रियताका रुपमा उनीहरुले चित्रण गरेका छन् । जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष सिताराम खतिवडा भन्छन्, “आँप खानु तर बोट नखेज्नु भनेझै सरकारले जसोतसो गरेर सक्रियता देखाएरै कोभिड बिरुद्धको खोप ल्याईसकेको छ । त्यसैले के र किन अनि कसरी भनेर बस्ने भन्दापनि खोप केन्द्रमा गएर ढुक्कले खोप लगाउँछौं ।”

भारतबाट थप साढे २२ लाख डोज खोप किन्ने गरी सरकारले द्रूत प्रक्रिया अवलम्बन गरेको छ । यस्तै चीनले पाँच लाख खोप उपाहारस्वरूप उपलब्ध गराउँने प्रतिबद्धता जनाएको छ । कोभ्याक्समार्फत पनि २० लाखभन्दा बढी खोप नेपालले पाउँनेछ । अहिले भारतले दिएको १० लाख खोपमध्येबाट पहिलो प्राथमिकतामा रहेको जनशक्तिलाई खोप दिइँदै छ ।

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न

सरकारले गर्‍यो ५२ सिडियोको सरुवा

नाइजेरियामा फेरी एक विद्यालयमा आक्रमण, करिब तीन सय छात्रा अपहरणमा परेको आशंका

शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

पाँचौँ लिटलफ्लावर प्रिमियर लिग फागुन १५ बाट सञ्चालन हुने

सञ्चारमाध्यमलाई जिम्मेवार बन्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको आग्रह