वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

राजतन्त्र र हिन्दुराष्ट्र कायम राख्न जनमत संग्रह गरौँ – कमल थापा

राजतन्त्र र हिन्दुराष्ट्र कायम राख्न जनमत संग्रह गरौँ – कमल थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२–६३ को जनआन्दोलन पछि प्राप्त पछिल्लो राजनीतिक उपलब्धीलाई वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर थप अस्थिरता निम्त्याएको आरोप लगाएका छन् ।

अध्यक्ष थापाले नेपाल संघीय संरचनामा गएसंगै मुलुकमा तयार संघीय संरचनानै गलत भएको टिप्पणी गरे । छदाछदैको संसद बिघटन गरेर देशलाई अस्थिरतातर्फ धकेल्न ओली उद्धत भएको थापाको आरोप छ । यद्यपी यसलाई अवसरको रुपमा दलहरुले लिन सक्नुपर्ने उनले बताए ।

यस्तै अध्यक्ष थापाले सर्वोच्च अदालतको निणर्य आफ्नो पार्टीलाई मान्य हुने प्रतिक्रिया दिए । मिडिया नेपालद्वारा आज (आईतबार) झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बर्तमान संकटको निकाश भनेकै अब निर्वाचननै भएको जिकिर गरे । यदि सरकारले तोकेको मितिमा निर्वाचन हुन नसके मुलुक थप अस्थिरता तर्फ धकेलिने उनको भनाइ थियो ।

राजसंस्था र हिन्दुराष्ट्रको बिषयमा आफुहरुले पहिलादेखीनै जनमत संग्रहको माग गरेकोपनि उनले बताए । उनले राजसंस्था र आफ्नो पार्टीका बिच राजनीतिक सम्बन्ध रहेको खुलासा गरे । २०६२–६३ को जनआन्दोलनपछि कांग्रेस र तत्कालिन नेकपा एमाले र ऐनेकपा माओवादीले राजसंस्थासँगको सम्बन्धनै बिच्छेद गरिसकेको भएपनि आफुहरुको सम्बन्ध पहिला जस्तो थियो अहिलेपनि उस्तैनै रहेको उनले सुनाए ।

अध्यक्ष थापाले प्रधानमन्त्रीको गृहनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजतन्त्र र हिन्दुराष्ट्र कायम गर्न जनमत संग्रहमा जानुको बिकल्प नभएको र यदि त्यसोपनि नभए आफुहरु कडा आन्दोलनमा उत्रने थापाले उद्घोष गरे ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव