वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

पछिल्लो साता कोरोनाका कारण विदेशमा एक नेपालीको मृत्यु

पछिल्लो साता कोरोनाका कारण विदेशमा एक नेपालीको मृत्यु

काठमाडौं । पछिल्लो साता विदेशमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जनाको निधन भएको हो ।

यो सँगै विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । उनका अनुसार संक्रमण मुक्त हुने दर ९७ प्रतिशत छ ।

स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

नेकपा बहुमत पक्षद्धारा नेम्वाङसहित ७ जना पार्टीबाट निस्काशन

नेकपा केन्द्रीय समितिले ओलीलाई दलको नेताबाट हटाउँदै

अब २३ गतेपछि सवै कुरा क्लियर हुन्छ–प्रचण्ड

विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट

काँग्रेसले बोलायो संसदीय दलको बैठक

प्रचण्ड र सभामुखले लगाए कोरोनाविरुद्धको खोप