0
Share
काठमाडौं । आइएमई पेबाट टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ । आइएमई पे डिजिटल वालेटबाट टपअप गर्दा ५ प्रतिशत क्यासब्याक पाइने जानकारी कम्पनीले दिएको छ ।
आइएमई पेको मोबाइल एप डाउनलोड गरी यो सुविधाको लाभ लिन सकिने छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त आइएमई पेबाट मोबाइल रिचार्जका साथै इन्टरनेट, टीभी, बिजुली, खानेपानी लगायतको बिल तिर्न सकिने छ ।
त्यसैगरी इएमआई, इन्स्योरेन्स प्रिमियम, मुभि टिकट, पेट्रोल लगायको पनि भुक्तानी गर्न सकिन्छ ।