वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा हुने

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा हुने

सिमकोट । हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए ।

जिल्लामा नयाँ दर्ता हुन चाहने तथा दर्ता भइसकेका पुराना क्लबलाई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लिगको तयारीमा जुट्न उहाँले आग्रह गरे । लिगमा ६ टोली मात्र समावेश गरिने हुँदा दर्ता भएका क्लबबीच नकआउट प्रतियोगिता सञ्चालन गरी त्यसबाट छनोट भएका क्लबबीच लिग प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

पुराना तथा नयाँ क्लबले आवश्यक प्रक्रिया पूरा गरेर यही फागुन १० देखि २५ गतेसम्म एकेडेमीको कार्यालयमा आफ्नो क्लब दर्ता गराइसक्नुपर्ने र त्यसपछि दर्ता हुन आएका क्लबलाई प्रतियोगितामा समावेश गराउन नसकिने अध्यक्ष रावतले बताए । लिगमा प्रथम स्थान प्राप्त गर्ने क्लबले पुरस्कार स्वरुप रु ७५ हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यही क्लबले प्रदेश फुटबल लिगमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी लिगमा द्वितीय स्थान प्राप्त गर्ने क्लबले पुरुस्कार स्वरुप रु ४० हजार नगदसहित, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । सर्वोत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई विशेष पुरस्कारद्वारा सम्मानित गरिने अध्यक्ष रावतले जानकारी दिए ।

प्रचण्ड र सभामुखले लगाए कोरोनाविरुद्धको खोप

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकार विप्लव वार्ता नाटकीय ढंगले सुरु–यस्तो थियो प्रतिवन्ध लगाउनुको कारण

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर