7
Share
एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेल चलान गरेको विरोधमा रुसी अधिकारीहरु विरुद्ध नयाँ प्रतिबन्ध लगाउनेमा यूरोपेली संघ(ईयू)का विदेशमन्त्रीहरुले सहमति व्यक्त गरेका छन् ।
यदि यी प्रतिबन्धहरुलाई युरोपेली परिषद्द्धारा अनुमोदन भयो भने ईयुले मानवाधिकारहरुको दुरुपयोगको विरुद्ध दण्डात्मक उपायहरुको सुविधकाका लागि एक नयाँ तन्त्रको पहिलो पटक उपयोग गर्नेछ ।
सोमबार ब्रसेल्समा भएको एक बैठकका दौरान ईयू विदेशमन्त्रीहरु यस सहमतिमा पुगेका हुन् ।
रुसका विपक्षी नेता तथा राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने नाभाल्नीलाई रुस सरकारद्धारा जेल सजाय सुनाइएको छ । जसलाई युरोपेली संघले मानवाधिकारको उल्लंघन बताउँदै आएको छ ।