वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

कम्युनिस्ट आन्दोलन पतनको प्रकियामा: मोहन बिक्रम सिंह

कम्युनिस्ट आन्दोलन पतनको प्रकियामा: मोहन बिक्रम सिंह

महोत्तरी। नेपाल कम्युनिस्ट पार्टी मशालका महामन्त्री मोहन बिक्रम सिंहले नेपालमा कम्युनिस्ट आन्दोलन पतन को प्रकियामा अघि बढेको बताएका छन ।

महोत्तरीको बर्दिबासमा आधारशिला को १८औं बार्सिकोत्सवमा बोल्दै उनले जन कम्युनिस्ट भन्ने हरुले नै ब्यक्तिगत स्वार्थका लागि सामाजिक स्वार्थलाइ कुल्चिने काम गरेपछि त्यो राजनीति पतनतिर जाने बताए।

लेनिनले भनेको सन्र्दभ सम्झिदै कम्युनिस्ट बन्नलाइ दर्शन पढ्नु पर्नेमा यहाँ कम्युनिस्टमा सिद्धान्त र दर्शन को अभाव भएको बताए । दार्शनिक परम्पराको खडेरीले नेपालमा समस्या आएको सिंहले बताए । नेकपा फुट्नु हुँदैन भन्नेमा हामि पनि थियौ, तर फुट्यौ ।

ओलीले संसद विघटन गरे । संसद विघटन भएपछि हामीले ओलीलाई दिएको समर्थन फिर्ता लियौ । उनले भने ‘ओलीले संसद विघटन गरे । उनका कारण मुलुक द्वन्द्वमा जाने खतरा बढेको छ ।

उक्त कार्यकार्यक्रमा कम्युनिस्ट आन्दोलनका ४ जना अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा मोहन बिक्रम सिंह, कृष्ण राज वर्मा, बिस्नु प्रसाद मानन्धर र कमल कोइराला रहेका छन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव