वि.सं २०७७ फागुन १४ शुक्रबार फोरेक्स युनिकोडमौसम

चक्रपथ सडक विस्तार : निर्माणस्थल खाली गर्ने काम अन्तिम चरणमा

चक्रपथ सडक विस्तार : निर्माणस्थल खाली गर्ने काम अन्तिम चरणमा

काठमाडौं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ ।
चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण निर्माणस्थल पूरै खाली भइनसकेको हो ।

ती घरको मुआब्जाका विषयमा छलफल भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाले जिल्ला प्रशासन कार्यालय र काठमाडौँ महानगरपालिकालगायतका निकायसँग छलफल गरिरहेको योजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए ।

उनका अनुसार त्यहाँ रहेका घरमध्ये सात घरको शहरी विकास तथा भवन निर्माण विभागबाट क्षतिपूर्तिको मूल्याङ्कन प्राप्त भएको छ । तीमध्ये १२ घरको घरधनीसँग सम्पर्क हुन नसकेको बताइएको छ ।

वडा कार्यालयले ती घरधनीसँग सम्पर्क गर्न खोजे पनि नसकेको उनको भनाइ छ । वडाध्यक्षले सम्पर्क गर्दा कतिपय व्यक्ति विदेशमा रहेकाले पनि सम्पर्क हुन नसकेको हो ।

घरहरु चीन सरकारले निर्माण गर्ने आठ लेनभित्रै भएकाले निर्माण अघि बढाउन समस्या हुने उनले जानकारी दिए । रासस

हुम्लामा ब्रोइलर कुखुरा आयातमा रोक

नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

चीनमा ७ बच्चा जन्माए बापत एक महिलाले तरिन् १ करोड ८० लाख जरिवाना

कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थपियो

Historic : Malaysian man wins appeal against Islamic gay sex charge

उत्तर कोरियाबाट रुसी कूटनीतिज्ञहरु ट्रलीमा फर्किए आफ्नो देश