8
Share
झापा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरका ५५ वर्षीय सरे तामाङ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको बताइएको छ ।
श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अभियक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । रासस