वि.सं २०७७ फागुन १४ शुक्रबार फोरेक्स युनिकोडमौसम

पाकिस्तानी प्रधानमन्त्री खान दुई दिवसीय श्रीलङ्का भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री खान दुई दिवसीय श्रीलङ्का भ्रमणमा

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् ।

दुई दिने औपचारिक भ्रमणका लागि उनी आज त्यस तर्फ प्रस्थान गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा पुगेका हुन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री भएपछि उनले पहिलो पटक श्रीलङ्काको भ्रमण गर्नुभएको अधिकारीहरुले जनाएका छन् । उनी सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री भएका हुन् ।

खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

सरकारले गर्‍यो ५२ सिडियोको सरुवा

नाइजेरियामा फेरी एक विद्यालयमा आक्रमण, करिब तीन सय छात्रा अपहरणमा परेको आशंका

शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

पाँचौँ लिटलफ्लावर प्रिमियर लिग फागुन १५ बाट सञ्चालन हुने

सञ्चारमाध्यमलाई जिम्मेवार बन्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको आग्रह

Historic Palungwa palace in Taplejung crying for conservation