वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन आवश्यक छ : अध्यक्ष थापा

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन आवश्यक छ : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक स्थिरता र स्थायित्वका लागि मध्यावधि निर्वाचन आवश्यक रहेको बताएका छन् ।

मंगलबार हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीमा आयोजित कार्यकर्ता भेलामा उनले सर्वोच्च अदालतबाट आउने फैसलालाई सत्तारूढ दल, नेपाली कांग्रेस र अन्य दलहरूले सर्वमान्यरुपमा स्वीकार गर्नुपर्ने बताएका हुन् ।

उनले स्वाधीनता, सबल तथा समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब सबै राजनीतिक दल उदार एवम् नयाँ ढङ्गले अघि बढ्नुपर्ने र निषेधकोे राजनीति परित्याग गरी पूर्व राजादेखि विप्लवसम्म अट्नसक्ने संसदीय व्यवस्था आवश्यक रहेको बताए ।

अध्यक्ष थापाले भने ‘राष्ट्रमा गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता विदेशीको कार्यसूची भएको विचार राख्दै सो विषयमा नेपालीहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ’ उनले अपवित्र गठबन्धन बनाएर सरकार बनाउन कांग्रेसलाई जनताको म्यान्डेट नभएको बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय मधु अधिकारी र राजाराम बर्तौलाले नेपाली जनताको गरिबी उन्मूलन गर्ने विकासको पूर्वाधारलाई आत्मनिर्भर बनाउने अभियानलाई गतिशील तुल्याउनका लागि प्रदेश सरकारको भूमिका सकारात्मक हुनुपर्ने सुझाव दिए । रासस

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव