वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

जग्गाको चाहियो काम गरी खान्छौँ

जग्गाको चाहियो काम गरी खान्छौँ

सुर्खेत । दैलेखको विभिन्न ठाउँमा बस्दै आएका ४ सय १० जना बादी समुदायले सरकारसँग जग्गाको माग राख्दै आन्दोलनमा उत्रीएका छन् ।

सोमवार राति दैलेखबाट प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत आइपुगेका बादी समुदाय मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडीको चौरमा बसिरहेका छन् ।

आफ्नो पुर्खाको पालादेखि अहिले सम्म जीवन पाल्नकै लागि नाच्ने, गाउने, देखि सबै काम गरे पनि आफ्नो समुदायलाई अहिले सम्मका कुनै सरकारले बादी समुदायको दिर्घकालिन व्यवस्थापनको बारेमा नसोचेका कारण आज यो आन्दोलन गर्नु परेको बादी संघर्ष समितिका अध्यक्ष प्रेम बादीले बताए ।

‘हामी सँग हात छ खुट्टा छ हामी आफै खेति गरेर खान सक्छौ तर त्यसको लागि सरकारले हामीलाई खेति योग्य जमिन उपलब्ध गराइदिनु पर्यो ‘बादि समुदायका अगुवा हिक्मत बादीले भने, ‘हामीलाई अहिले दाल चाहिएको छैन चामल चाहिएको छैन बस् खेति योग्य जमिन भए पुग्यो,।’

भूमि सम्बन्धि थुप्रै आयोग बने पनि ती आयोगहरुले आफु नजिकका मानिसहरुलाई मात्रै हेरेका कारण आज बादी समुदाय पछि परेको उनले बताए ।

अरुको हामीलाई कुनै पनि विश्वास छैन कर्णाली प्रदेश सरकारले कर्णालीमा नै छुट्टै किसिमको आयोग गठन गरेर हाम्रा समस्या समाधान गर्नु पर्यो हिक्मत बादीले भने। ‘माछा मारौँ माछा नै सकिए अब के गरेर बाँच्ने हिजोका दिनमा गित गाउदै आफ्नो जिविकोपार्जन चलाउदै आए पनि अहिले गाउँमा गए काम गरेर खाउ भन्छन् काम गर्नको लागी हामी सँग खेति योग्य जमिन छैन अब के गरी बाच्ने छोरा छोरी के गरेर पाल्ने रमिता बादीले भनिन्,।

राजा रजौटाको पाला देखि अहिले सम्म नाचेर गीत गाएर खाए पनि अबका दिनहरुमा त्यसरी जीवन नचल्ने भन्दै भूमि बादीले अब काम गरेर खान आफुहरु तयार भएको बताइन् ।

जिल्ला सदरमुकाम नजिक पानी, बत्ती सबै व्यवस्था भएको ठाउँ भयो भने कर्णाली प्रदेशको जुनसुकै ठाउँमा पनि आफुहरु बस्न तयार भएको उनिहरुको भनाइ छ ।

यता कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बादी समुदायको माग प्रति कर्णाली प्रदेश सरकार सकरात्मक भएको बताएका छन् ।

‘बादी समुदायका माग सकरात्मक छन्,’ ‘मन्त्री भण्डारीले भने, ‘यसको क्षत्राधिकार प्रदेश सरकारको परेन स्थानीय, र संघीय सरकार सँग सम्बन्धित भएकोले प्रदेश सरकारले त्यसको लागि पहल गरेर समस्या समाधानको उपाए खोज्ने छ,।’

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु