
सुर्खेत । नेकपा ओली पक्षका राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य वकिल बमले पदबाट राजिनामा दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीको जन्म दिनकै दिन मंगलवार नेता बमले आफ्नो पद र ओली समुहको नेकपा पार्टी छोडेको घोषणा गरेका छन् ।
राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष तथा ओली पक्षका नेता महेश बस्नेत निकट मानिने नेता बमलाई पुनर्गठित राष्ट्रिय युवा संघ नेपालमा उतिच जिम्मेवारी नदिए पछि पार्टीमा योगदान गरेका भन्दा आफु नजिककालाई पद बाडेको आरोप लगाउदै उनी पार्टी र संगठनबाट बाहिरिएको एक विज्ञाप्ती मार्फत जानकारी दिएका छन् ।
विज्ञप्तीमा बमले पार्टीमा आफुले लामो समय देखि योगदान गरेको र त्यो संगठनले नबुझेका कारण आफुले पार्टी र संगठन दुवै छाड्नु परेको बताएका छन् ।
लामो समय देखि पार्टी संगठनमा काम गर्दै आएका नेता बम कालिकोट तत्कालिन नेकपाको जिल्ला कमिटि सचिवालय सदस्य समेत हुन् ।