वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

सीमा विवादका बीच चिनियाँ राष्ट्रपति सी भारत भ्रमणमा

सीमा विवादका बीच चिनियाँ राष्ट्रपति सी भारत भ्रमणमा

एजेन्सी । राष्ट्रपति सी जिनपिङले यसै वर्ष भारत भ्रमण गर्ने भएका छन् । भारतमा आयोजना हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी नयाँ दिल्ली जान लागेका हुन् ।

लद्दाख र दोक्लाममा लगायतमा सीमा विवादका बीच चिनियाँ नेताको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ । यसै साता मात्रै भारत र चीनबीच विवादित सीमा क्षेत्रबाट आ–आफ्नो सैनिक फिर्ता लाने सहमति भएकोम थियो ।

चीनले विज्ञप्ति जारी गर्दै यस पटकको बैठक आयोजनामा भारतलाई समर्थन गर्ने जनाइसकेको छ ।

ब्रिक्स बैठक आर्थिक सहयोग, राजनीतिक र सुरक्षा सहयोग, सांस्कृतिक आदानप्रदान लगायत मुद्दामा मिलेर काम गर्ने सवालमा केन्द्रित हुने बताइएको छ ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाले २००९ मा ब्रिक्स गठन गरेका हुन् । उक्त बैठकमा दुई देशको सीमा विवादले गर्दा असर नपार्ने भन्दै चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

ब्राउनसुगरसहित दुई जना पक्राउ

बोरुसिया डर्टमुण्ड सेमिफाइनलमा प्रवेश