वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

शहीद स्मारक 'बी' डिभिजन लिगमा नयाँबस्ती र खुमलटारको विजयी सुरुवात

शहीद स्मारक 'बी' डिभिजन लिगमा नयाँबस्ती र खुमलटारको विजयी सुरुवात

काठमाडाैं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

नयाँबस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।

आजै भएको अर्को खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गरे । कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले १\१ गोल गरे । पुल्चोकका मिन बहादुर गुरुङ र किश्मत लिम्बुले एक एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा महेशको गोलबाट खुमलटारले अग्रता बनाएको थियो । जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ । पुल्चोकको ६ खेलमा १ अंक रहेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘सी’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।

 

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

ब्राउनसुगरसहित दुई जना पक्राउ

बोरुसिया डर्टमुण्ड सेमिफाइनलमा प्रवेश