2492
Share
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने पधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेको छ ।
प्रतिनिधि सभा विघटना भएपछि दुई महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो ।
मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।
ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक ठहर गर्दै सभामुखलाई १३ दिन भित्र प्रतिनिधिसभा बैठक डाक्न निर्देशन दिएको छ ।
१३ दिनभित्र संसद डाक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत जानकारी गराउन फैसलामा भनिएको छ ।