31
Share
काठमाडौं । भारतको दिल्लीमा उपचाररत जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलालाई सुखद संयोग बताएका छन् ।
नेता भट्टराईले ट्विटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’