वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

असंवैधानिक कदममा साथ दिने राष्ट्रपति बारे पनि निर्णय हुन्छ : श्रेष्ठ

असंवैधानिक कदममा साथ दिने राष्ट्रपति बारे पनि निर्णय हुन्छ : श्रेष्ठ

काठमाडौं । नेकपा दाहाल नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले अदालतको फैसलासँगै संसदीय प्रक्रिया सुचारु हुने बताएका छन् ।

‘अदालतले आम नेपाली जानता, नेपालको संविधान र लोकतन्त्रको रक्षा हुने गरि फैसला गरेको छ । अव असंवैधानिक कदम उठाएका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर संसदिय प्रक्रिया अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘यो फैसलाले राजनीतिक संकट अन्त्य गर्दै मुलुकलाई अध्यारो सुरुङ तर्फ जानबाट रोकेको छ।

’ सर्वोच्च अदालतले संविधानको मर्मलाई आत्मसात गर्दै मुलुकमा हावि हुन लागेको प्रतिगामी शक्तिलाई बलियो जवाफ दिएको पनि श्रेष्ठले बताए ।

संसद सुरु भए लगत्तै प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएका राष्ट्रपति विद्यादेवी भण्डारी बारे पनि दलले निर्णय गर्नेछ ।

अहिले नै राष्ट्रपतिलाई के गर्ने भन्ने विषयमा टिप्पणी गर्न उचित नहुने बताए ।

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

सरकार विप्लव वार्ता नाटकीय ढंगले सुरु–यस्तो थियो प्रतिवन्ध लगाउनुको कारण

सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक