373
Share
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुन:स्थापना हुन जनताको जित भएको बताएका छन् । मंगलबार सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई बदर गर्दै पुन:स्थापना गर्ने फैसला गरेपछि प्रचण्डका तर्फबाट स्वकीय सचिव तथा छोरी गंगा दाहालले संक्षिप्त प्रतिक्रिया दिएकि हुन । उनले फेसबुक पेजमा लेखेकी छन्, ‘सत्यको जित जनताको जित ।’
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए । त्यस यता सर्बोच्च अदालतमा भएको बहसपछि अदालतले आज फैसला सुनाएको हो । सर्बोच्च अदालतको संवैधानिक ईजलासले फैसला सुनाउदै संसदमा प्रधानमन्त्री चयन गर्ने विकल्प हुंदा हुंदै विघटन गर्नुलाई प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको रुपमा व्याख्या गरेको छ ।