वि.सं २०७७ फागुन १९ बुधबार फोरेक्स युनिकोडमौसम

ओलीमा अलिकति पनि नैतिकता छ भने राजीनामा दिउँन: प्रचण्ड

ओलीमा अलिकति पनि नैतिकता छ भने राजीनामा दिउँन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बहुमत पक्षका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले प्रचण्डले ओलीमा नैतिकता छ, अलिकति पनि लाज छ भने राजीनामा दिनु पर्ने बताए । उनले भने ‘ओलीमा लाच सरम छ भने राजीनामा देउन । होइन भने इतिहासमा यसरी मिल्काइनु हुने छ कि जसको अनुमान छैन होला ।’

१२ गते चितवनमा हुने विरोध विजय सभामा परिणत भएको बताएका छन् । भोली हुने सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले अदालतको फैसलाले न्यायप्रेमी नेपाली जनताको जित भएको बताएका हुन ।

उनले भने ‘सर्वोच्च अदालतको फैसलाले सम्पूर्ण न्यायप्रेमी नेपाली जताको ,यो साहसिक फैसला गर्ने न्यायधीसहरुको जित भएको छ । यो फैसलाकोलागि उहाँहरुलाई बधाइ छ ।’

सर्वोच्चले संसद पुन स्थापनाको फैसलाले सम्पूर्ण न्यायप्रेमी जनताको जित भएको बताएका छन् ।

अब आफुहरु सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रचण्डले बताए । उनले भने ‘हामीले यो लडाइ कुर्सिको लागि लडेका होइनौ । न्यायकोलागि लडेका थियौ ।

अब सबै राजनीति दलहरुसंग सहमति र सहकार्य गरेर अगाडि बढ्ने छौ ।’ ओलीको गफ र धोकाधढीको पक्षमा लागेकाहरु सबै नेता सांसदहरुलई मुल पार्टीमा आउन आह्वान गरेका छन् । फिर्ता आउनु होस । स्वागत छ । ओलीको साथ होइन बिना हिचकिचाहट मुल पार्टीमा आउनु होस । उनले भने ‘ओलीको धोकाधढीको पछिलागेका कमरेडहरु सांसदहरु मुल घरमा फर्कनोस् स्वागत छ ।’

ओलीको गलत कदमले नेपाली जनताले दूइ महिना दुख पाएको पनि बताए ।

माधवकुमार नेपालले सूर्य उदाएको बताएका छन् । चितवनमा नेपालले बोल्दै नेपालले जनताको जित भएको बताएका छन् । उनले भोली चितवनमा हुने आम सभा विरोधको आम सभा नभएर विजयको सभा हुने बताएका छन् ।
केपी ओली कम्युनिस्ट हुन लाएका छैनन् । अब उनी कुनै पनि अवस्थामा कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।

 

 

शृंखलाले खुसी हुँदै भनिन्–‘म कसरी व्यक्त गरुँ’

सुन्तला उत्पादनमा कमी : असिनापानी र रोगको असर

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

सा‌ंसदहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइने

ब्राउनसुगरसहित दुई जना पक्राउ

बोरुसिया डर्टमुण्ड सेमिफाइनलमा प्रवेश