वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सुर्खेतमा हुने भनिएको ओलीपक्षको प्रदेशस्तरीय आमसभा स्थगित

सुर्खेतमा हुने भनिएको ओलीपक्षको प्रदेशस्तरीय आमसभा स्थगित

सुर्खेत । संसद पुनस्र्थापना भएसँगै ओली पक्षको नेकपाका योजना विफल हुन थालेका छन् ।
सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भए सँगै पहिलो योजना विफल भएको छ।

कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए ।

यसअघि विभिन्न शहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो ।

शाहीका अनुसार संसद पुनर्स्थापनापछि एजेण्डा नै परिवर्तन भएकोले कार्यक्रम स्थगित गरिएको छ । केपी समूहले कर्णाली प्रदेश स्तरीय कार्यक्रम सामाजिक विकास मन्त्रालय अगाडिको चौरमा आयोजना गर्ने योजना बनाएको थियो ।

उक्त स्थानमा मञ्च बनाउनका लागि तयारी समेत थालिएको थियो । कार्यक्रमलाई केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव