वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सुर्खेतका महिला भलिबल खेलाडीलाई सहयोग

सुर्खेतका महिला भलिबल खेलाडीलाई सहयोग

सुर्खेत । राष्ट्रिय खेलकुद परिषद्की सदस्य नन्दा बस्यालले सुर्खेतका महिला भलिबल खेलाडीहरुलाई १५ जोडी ट्रयाकसुट र ४ वटा भलिबल सहयोग गरेकी छन् । कर्णाली प्रदेश खेलको क्षेत्रमा अहिले पनि पछाडी भएकोले यहाँका खेलाडीहरुलाइ प्रेरणाको खाँचो रहेकाे भन्दैमहिला खेलाडीहरुलाइ प्रेरणा स्वरुप आफुले ब्याक्तिगत सहयोग गरेको बस्यालले बताइन् ।

“अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा महिला खेलाडी कम छन् उनीहरुको संरक्षण र प्रेरणा सबैले दिन जरुरी छ । त्यसैले सानो भए पनि खेलाडीलाई सहयोग गरेकी हु उनले भनिन् । कर्णालीका महिलाहरुले खेल खेल्न सक्दैनन् भन्ने भ्रमलाई चिर्नका लागी खेलाडीलाई सक्षम हुन आग्रह पनि  गरिन् ।  राखेप सदस्य बस्यालले नयाँ खेलाडीहरुले पनि जोस जागरका साथ लाग्नुकासाथै सराेकारवाला निकायले यसमा थप सहयाेग र समन्वय गर्नु पर्नेमा उनको जोड थियो ।

खेलमा पराजित हुँदा निराश नभइ अरू खेलमा बिजेता हुने गरि निरन्तरता र मेहेनत गर्नु पर्ने खेलाडीहरु लाई सुझाव दिइन् । खेलाडहिरुले केन्द्रबाट हुने सहयोगको चिन्ता नगर्न आग्रह गर्दै उनले कर्णालीका खेलाडीहरुको हितमा जहिले आफू लागिरहेको समेत बताइन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव