वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

अब कर्णालीबासीले पाउनेछन् निशुल्क डायलासिस सेवा

अब कर्णालीबासीले पाउनेछन् निशुल्क डायलासिस सेवा

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा मृगौला रोगीहरूको लागि निःशुल्क डायलासिस सेवा सुरू भएको छ । हाल २७ जनाको बिरामीको निःशुल्क डायलासिस भईरहेको  सेवाको बुधबार औपचारिक उद्घाटन गरिएको छ  ।

प्रदेश अस्पतालले सरु गरेको निशुल्क डायलासिस सेवाबाट कर्णालीबासी र छिमेकी जिल्लाका मृगौला पिडित बिरामीहरुलाई राहत हुने भएको छ । साथै मृगौला रोगको उपचार र डायलासिसको लागि नेपालगञ्ज या काठमाडौं नै जानुपर्ने बाध्यताबाट समेत कर्णालीबासीले छुट्कार पाउने भएका छन् ।

अस्पतालले अहिले दैनिक १८ जना मृगौला रोगी बिरामीहरुलाई निशुल्क सेवा दिइरहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए । इमर्जेन्सीमा आउने बिरामीको हकमा न्युनतम रकम लाग्ने भन्दै निर्देक डा. खड्काले आन्तरीक व्यवस्थापनमा अस्पताल सक्षम भएपछि आकश्मिक सेवा पनि निशुल्क गर्ने योजनामा अस्पताल रहेको सुनाए ।

उपकरण र जनशक्तिको अभाव

 

 

सबैखाले रोगहरुको सुलभ,उपयुक्त र पर्याप्त उपचार गर्ने तदारुकताकासाथ लागिरेको प्रदेश अस्पतालले आवश्यक उपकरण र जनशक्तिको अभाव खेपिरहेको छ । दरबन्दी अनुसार स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य उपकरणको अभाव रहेको निर्देशक खड्काले बताए ।
निःशुल्क डायलासिस सेवाको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जनशक्ति र आवश्यक उपकरणको प्रभावकारी ढंगले व्यवस्थापन गर्ने बताए । उनले विशेषज्ञ सेवा र सामुदायिक नर्सिङमा राखेका जनशक्तिको समस्या व्यवस्थापनका लागि बजेट संशोधन गरेरै भए पनि सम्बोधन गर्ने आश्वासन दिए ।

मन्त्री रावलले प्रदेश अस्पतालमा निर्माण हुँदै गरेका मोडुलर अपरेशन थियटर, मातृशिशु वार्ड, प्रदेश अस्पतालले ३०० शैयाका लागि खरीद गरेका यान्त्रिक उपकरण तथा सामग्रीहरुको अवलोकन र मौज्दात तथा अभाव जनशक्तिबारे जानकारी लिएका थिए ।

प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिकलाई सहज र सर्वसुलभ सेवा दिने मन्त्री रावलले बताए ।

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव