
काठमाडौं । विद्यार्थी नेता सुरेन्द्र बस्नेतले प्रधानमनत्री केपी ओली राजनीतिक नैतिकताका हिसावले अन्त्यन्त कमजोर व्यक्ति भएको टिप्पणी गरेका छन् । ओलीका विषयमा विभिन्न ५ प्रशंग अघि सार्दै नेता बस्नेतले भनेका छन्, ‘नैतिकता र केपि ओली ! कठैवरि ! ‘राजनेता’को हविगत !!
बस्नेताले प्रधानमन्त्री ओलीको नैतिकतालाई पार्टी भित्रको आन्तरिक राजनीतिमा तुलना गरेका छन् । उनले भने, पार्टी केन्द्रीय कमिटीमा अल्पतमा परे , तर राजिनामा दिएनन् । पार्टी सचिवालय र स्थायी कमिटीमा अल्पमतमा परे , तर राजिनामा दिएनन् । संसदीय दलमा अल्पमतमा परे , तर राजिनामा दिएनन् । संसद विघटन गरेर चुनावको घोषणा गरे , संसद नभएको ब्यक्ति प्रधानमन्त्री रहन सक्दैन , तर पनि राजिनामा दिएनन् ।
अन्तिममा अहिले आफैंले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना हुंदा पनि राजिनामा नलिएर राजनीतिमा नैतिकता विर्सिएको नेता बस्नेतको आरोप छ । उनले भने, ‘उनले छुरा धसेर विघटन गरेको संसद पुनस् स्थापना भयो , तरपनि राजिनामा दिएनन् ।’
प्रधानमन्त्री केपी ओली माथि राजनीतिक हिसावले गरिएका समझदारी पालना नगर्ने आरोप पूर्व एमाले छंर्दैदेखि लाग्ने गरेको थियो । पार्टी अध्यक्षमा निर्वाचित हुंदा बामदेव गौतमसँग गरेको भद्र राजनीतिक समझदारी पालना नगरेर राजनीतिक नैतिकता नदेखाएको प्रशंग होस वा तत्कालिन माओवादी केन्द्र र एमालेबीचको गठवन्धनमा आधा कार्यकाल प्रधानमन्त्री प्रचण्डलाई छोड्ने प्रशगं । यी विषयमा प्रधानमन्त्री ओली पूर्व एमाले खेमा भित्रै तिब्र आलोचित हदै आएक थिए ।