वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

नेकपा र जसपा: ससर्त सहयोग गर्न तयार

नेकपा र जसपा: ससर्त सहयोग गर्न तयार

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षले सत्ता साझेदारीका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ । पेरिसडाँडामा भएको छलफलका क्रममा सो पक्षका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेका थिए । सो क्रममा जसपाका नेताहरुले नेकपाको प्रस्तावमाथि दलभित्र छलफल गर्नुपर्ने जनाएको थियो । छलफलपछि जसपा शिर्ष नेता राजेन्द्र महत्ताले नेकपाले सहयोगको अपेक्षा राखेको र यस बिषयमा पार्टीभित्र आन्तरिक छलफल गर्ने जवाफ दिएको बताए ।

‘सांसद रेशम चौधरीदेखिका हाम्रा साथीहरु बन्दी जिवन बिताउन बाध्य भएका छन्, संविधानमा रहेका त्रुटी र बन्दी रिहाईको बिषयमा सम्बोधन गर्नुपर्ने हाम्रो भनाइ हो’, उनले भने , ‘हामीले त्यही बिषय राख्यो, बाँकी कुरा पार्टीमा छलफल हुन्छ ।’

छलफलमा दुई दलका शिर्ष नेताहरु सहभागी थिए । यसअघि नेकपाको प्रचण्ड–नेपाल पक्षले कग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको थियो ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।नेकपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधीन छ । हाल नेकपा ओली समूहमा ७८ जना सांसद रहेका छन् । त्यसै गरी प्रचण्ड–नेपाल समूहमा ९६ जना सांसद रहेका छन् ।
प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् ।

नयाँ सरकार गठन गर्नका लागि हाल रहेका सांसदमध्ये १ सय ३५ जना सांसद पुर्‍याउनेले बहुमतको सरकार बनाउन सक्नेछ । त्यसै गरी ओली समूह ८१ र कांग्रेस ६१ जना मिल्दा पनि नयाँ सरकार गठन हुने सम्भावना छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव