वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सहकार्यका मोडालिटी कस्ता होलान् ? भन्नेमा ध्यान दिनुपर्छ–राजेन्द्र श्रेष्ठ

सहकार्यका मोडालिटी कस्ता होलान् ? भन्नेमा ध्यान दिनुपर्छ–राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्याष लिनुपर्ने अवस्था छ । अलिकति पनि ईज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’

दाहाल र नेपालसँगको भेटवार्ताबारे श्रेष्ठले यसरी सुनाए

हिजो म र नेकपा दाहाल–नेपाल समूहका नेताहरुसँग कसरी जान सकिन्छ ? भन्ने विषयमा थोरै कुराकानी भएको थियो । र, आज चाहीँ औपचारिक रुपमा कुराकानी भएको छ । आज चाहीँ दुई पार्टीको बीचमा औपचारिक वार्ता भयो । वार्तामा नेकपाको तर्फबाट कमरेड प्रचण्ड, कमरेड माधव नेपाल दुवै अध्यक्ष हुनुहुन्थ्यो, हाम्रो तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र म गरी तीन जना थियौं । वार्तामा प्रचण्ड कमरेड र माधव कमरेड दुवैले आजको सन्दर्भमा हामीले चाहेपनि नचाहेपनि एउटा नयाँ ढंगले बढ्नुपर्ने आवश्यकत्ता यो देशले नै निर्माण गर्यो ।

नकारात्मक काम गरेर केपीले यो संसद विघटन गर्यो, त्यसको सकारात्मक परीणाम चाहीँ संसद पूनःस्थापना भएर सहकार्यको वातावरण बन्ने स्थिति आउँदैछ, हामीले सडकमा आ–आफ्नो ढंगले, आफ्ै पाराले, नेपाली कांग्रेसपनि सडकमा उत्रियो, यो प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदम हो भन्ने कुरामा कांग्रेस पनि निस्कियो । हामी पनि त्यसैगरि निस्कियौं । जनता समाजवादी पार्टीले पनि त्यही धारणा राखेर सडकमा आयो, यस हिसाबले तीनवटै पार्टी आफ्नो ठाउँबाट सडकमा उत्रियो, कार्यगत रुपमा हेर्दाखेरि एउटा मोर्चा नबनेपनि आफ्नो ठाउँबाट हामी एकै ठाउँमा पुग्यौं । त्यसकारण यो नकारात्मक प्रवृत्तिबाट हामी सकारात्मक ठाउँमा पुग्यौं भन्ने कुरा उहाँहरुले गर्दै अब नयाँ स्थितिमा हामीले पूनः संयुक्त भएर जाने वातावरण बनाउनुपर्यो । अविश्वासका प्रस्तावमा मिलेर जाऔं ।

संयुक्त रुपमा अविश्वासको प्रस्ताव राखौं । संवैधानिक व्यवस्थाअनुसार सहमतिको आधारमा नयाँ प्रधानमन्त्री चयन गरौं । सरकारमा पनि मिलेरै जाऔं । दुई वर्षभित्र देशका सबै समस्या हल गरेर जाऔं भन्ने प्रस्ताव राख्नुभयो । हिजोपनि मसँग त्यही प्रस्ताव राख्नुभएको थियो ।

र, हामीले त के भन्यौं भने–सहकार्यको प्रस्ताव आएको छ, यसको मोडालिटी प्रष्ट हुनुपर्छ । हिजोको आन्दोलनमा संविधान जारी बखतकै बेलामा ३० दलीय गठबन्धन थियो । आन्दोलनमा सहकार्य गर्दा, हिजोको जस्तो विश्वासको संकट हुनुहुँदैन भन्ने कुरा आयो । संविधान संशोधनको विषयमा हाम्रो मुद्दाहरु छन् । संविधानमा धेरैखाले त्रुटि छन् । हामीले संविधान संशोधनको कुरा पनि उठायौं । रेशम चौधरी, आन्दोलनको क्रममा उहाँमाथि झुठा आरोप लगाएको छ। सपथ गराउने अनि संसदमा हाजिर हुन नदिने काम भयो । सत्ता पक्षले द्धवेद्ध चरित्र देखायो । सहकार्य गर्न खुल्ला हृदय हुनुपर्यो । हामीले कुरा उठायौं । भविष्यको गन्तब्यको कुरा पनि गर्यौं ।

मुख्य कुरा के हो भने हिजोदेखि हामीले गर्दै आएका क्रियाकलापहरु, दलहरुको एजेण्डा छन् । सहकार्यका मोडालिटी कस्ता होलान् ? भन्नेमा ध्यान दिनुपर्छ । समिकरण प्राकृतिक हुनुपर्छ । असैद्धान्तिक र अप्राकृतिक गठबन्धन गर्यो भने आज फेरि सत्ताको लागि गठबन्धन हुन्छ ।

फेरि त्यो टुटछ । त्यसैले हाम्रो चाहीँ जोड के हो भने कुनैपनि गठबन्धन गर्दा प्राकृतिक हुनुपर्छ । संघीय लोकतान्त्रिक गठबन्धन स्विकार्य हुनुपर्यो । पहिचानसहितको संघीय शासनको कुरा गर्छौं । समानूपातिकक समावेशीमा केही केही बहस छन् । झुठा आरोपमा थुनिएका बन्दी रिहाई । समृद्धि र सुशासनमा लैजाने आधार हुनुपर्छ । ठोस आधार हुनुपर्छ । अनिमात्रै सहकार्यको सम्भावना हुन्छ । हामीले जवाफ मागेका छौं । प्रारम्भिक वार्ता भएको हो । कार्यकारिणी समितिको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव