वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा फेम्बू चयन

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा फेम्बू चयन

फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्षमा खगेन्द्र लिम्बू फेम्बू सर्वसम्मतिले चयन भएका छन् ।

अध्यक्षको चयनसँगै यही फागुन ३ गतेदेखि शुरु भएको दोस्रो चरणको पुनःगठन प्रक्रियाले आज पूर्णता पाएको हो । परिषद्का सदस्यसचिवमा कञ्चनजङ्घा उपभोक्ता समितिबाट मनकुमार राई र कोषाध्यक्षमा घुन्सा सेकाथुम उपभोक्ता समितिबाट फुपु छोवाङ शेर्पा सर्वसम्मतिका आधारमा छनोट भएको परिषद्का संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार फेम्बू कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तेस्रो कार्याकालका लागि परिषद्को अध्यक्षमा छनोट भएको छ ।

गत पुस ७ गतेदेखि परिषद्को पुनःगठन प्रक्रिया शुरु भएको थियो । दुईवटा समिति गठन प्रक्रिया पूरा गरेसँगै सुरक्षाको चुनौती आएको भन्दै गत पुस २४ गते पुनःगठन प्रक्रिया स्थागन गरेको थियो । परिषद् गठन प्रक्रियामा केही असन्तुष्ट पक्षले परिषद् पुनःगठन नियमावलीअनुसार नभएको भनेर तीन वटा उपभोक्ता समूह रद्द गरेर पुनःगठन गर्न माग गर्दै उच्च अदालत इलाममा तीनवटा मुद्दा दर्तासमेत भएको थियो । तर उच्च अदालत इलामले आन्तरिम आदेश जारी नगरेकाले गत फागुन ३ गतेदेखि पुनःगठन प्रक्रिया शुरु गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

 

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव