वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

ट्राफिक बिरुद्ध मुद्दा दर्ता गराउँदै यातायात व्यवसायी : गलत स्केच बनाएको आरोपमा बन्दको कार्यक्रम सार्वजनिक

ट्राफिक बिरुद्ध मुद्दा दर्ता गराउँदै यातायात व्यवसायी : गलत स्केच बनाएको आरोपमा बन्दको कार्यक्रम सार्वजनिक

झापा । सवारी चालकलाई मुद्दा चलाएको विषयमा यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । गत माघ ५ गते पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको गोठगाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा प्रदेश १ ०० १ ख ३४३३ नम्बरको सार्वजनिक बसका चालक रमचन्द्र गिरीलाई पुर्पक्षका लागि कारागार पठाईएको भन्दै यातायात व्यवसायी तथा मजदुरहरु आन्दोलित भएका हुन् ।

उनीहरुले झापाको दमकमा पत्रकार सम्मेलनको आयोजना गरि चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । बिपरित दिशाबाट आएको को २ च २३१९ नम्बको कारका चालक बाघधन राईले लापरबाहीपूर्वक सवारी चलाएको र घटनास्थलको स्केच तयार पार्दा ट्राफिक प्रहरीले गम्भिर त्रुटी गरेको फेला परेका काण आफुहरु आन्दोलित भएको उनीहरुको गुनासाे छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन संघका अध्यक्ष मदन खड्काले राज्यले यातायात मजदुर र यातायात व्यवसायीलाई गर्ने ब्यबहारमा सुधारको खाँचो औल्याएका छन् । यस्तै यातायात व्यवसायी बिश्वास काश्यपले राजमार्गमा गुढ्ने साना सवारीले चाहि कहिल्यै गल्तीनै नगर्नेजस्तो ब्यबहार ट्राफिक प्रहरीबाट भईरहेको भन्दै रोष प्रकट गरे ।

यातायात व्यवसायी गङ्गा सिटौलाले सवारी दुर्घटनामा जहिलेपनि ठुलो सवारीकै दोष देखाउने गरिएको भन्दै यस्तो सोच फेरिन आवश्यक रहेको उल्लेख गरे ।

मोरङको गोठगाउँमा भएको दुर्घटनामा दोषी देखिने कार चालक राईलाई उन्मुक्ती दिईएको बिरोधमा उनीहरुले सनिबार ९ बजेदेखी १० बजेसम्म प्रदेश १ भरी सांकेतिक बन्द गर्ने, आईतबार ट्राफिक प्रहरी चौकी गोठगाउका प्रमुखलाई जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्ने लगायतका अन्य बिरोधका कार्यक्रमहरुपनि सार्वजनिक गरेका छन् । आफ्ना माग पुरा नभए यातायात व्यवसायीको छलफलबाट पूर्ण रुपमा सार्वजनिक सवारीका साधन स्वस्र्फूत रुपमा बन्द गर्ने उनीहले चेतावनी समेत दिएका छन् ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव