वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

अनेरास्ववियूले सम्झियो जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेल

0
अनेरास्ववियूले सम्झियो जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेल

ललितपुर । तत्कालीन नेकपा माओवादी ०द्वारा संचालित दशवर्षे जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने प्रथम सहिद दिलवहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा देशभर विविध कार्यक्रम गरियो ।

वि।स।२०५२ सालमा गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।

२६ औं दिलवहादुर रम्तेल स्मृति दिवस र आफ्ना पुर्व अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा आज अनेरास्ववियूले वाग्मती सहित सातवटै प्रदेशमा स्मृति सभा राखेको छ ।

आज उपत्यकाको पाटन संयुक्त क्याम्पसमा सहिद स्मृति तथा सम्मान कार्यक्रम राखिएको थियोे । कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत , विजय गौतम , दिपेश पुन , आरती लामा , पवन कार्की , हिरेन्द्र शाही लगायतको विशेष उपस्थिति रहेको थियोे ।

कार्यक्रममा सहिद रम्तेल लगायतका सहिद तथा वेपत्ता योद्धाहरुको सम्झना र योगदानको चर्चा गरिएको थियोे। कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सुरेन्द्र बस्नेत , श्याम रोक्का , जेविन सर्वहारा लगायतलाई सम्मान समेत गरिएको थियोे ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव