वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

पाँचौँ लिटलफ्लावर प्रिमियर लिग फागुन १५ बाट सञ्चालन हुने

0
पाँचौँ लिटलफ्लावर प्रिमियर लिग फागुन १५ बाट सञ्चालन हुने

धनगढी । लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नगरप्रमुख नृपबहादुर वडले लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टस धनगढीको आयोजनामा हुने विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करणको ट्रफी सार्वजनिक गरेका हुन् ।

सो अवसरमा उनले क्रिकेट खेलको विकास, विस्तार र खेलप्रति जनचेतना बढाउन प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताए ।

लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्टस् धनगढीका अध्यक्ष रामचन्द्र शाहीले देशभरीका विद्यालयको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुचि बढेको बताए ।

देशभरीका १६ विद्यालयको सहभागिता हुने प्रतियोगिताको विजेता टिमले रु. एक लाख २० हजार र उपविजेताले रु. ६० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले रु. १० हजार, उत्कृष्ट बलरले रु पाँच हजार, उत्कृष्ट व्याट्स म्यानले रु पाँच हजार र उदयमान खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् ।

विगत वर्षदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा फागुन १५ देखि २९ गतेसम्म सञ्चालन हुने बताइएको छ । रासस

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव