2
Share
एजेन्सी । नाइजेरियाको जाम्फ्रामा एक विद्यालयबाट सयौँ छात्राहरुको अपहरण भएको हुनसक्ने आशंका गरिएको छ ।
शुक्रबार बिहान बन्दुकधारीहरुको आक्रमणपछि करिब ३०० छात्राहरुका बारेमा अहिलेसम्म कुनै जानकारी नभेटिएको विद्यालयका एक शिक्षकले बताएका छन् ।
नाइजेरिया सरकारका प्रवक्ताले आक्रमणको पुष्टि गरेका छन्, तर उनले घटनाबारे विस्तृत जानकारी दिएका छैनन् । पछिल्लो केही सातामा भएको अपहरणमा यसलाई सबैभन्दा ठूलो घटना बताइएको छ ।
स्कूलमा कुल ४२१ छात्रा रहेको जसमा ५५ जना सुरक्षित छन् भने करिब तीन सय जना अपरहणमा परेको हुनसक्ने आशंका गरिएको छ ।
नाइजेरियामा हतियारधारीहरु प्राय फिरौतीका लागि बालबालिका अपहरण गर्ने गरेका छन् । गत वर्षको डिसेम्बरमा पनि करिब तीन सय छाशलाई अपहरण गरिएको थियो, तर हतियारधारीहरुसँग वार्तापछि उनीहरुलाई रिहा गरिएको थियो ।