
काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा शुक्रबार भएको अधिवेशनले अर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
अधिवेशनमा महासचिव बालकृष्ण अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सरोज कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मुलुक प्रादेशिक संरचनामा गएसँगै महासंघले पनि तीन वर्षअघि प्रादेशिक समितिहरु गठन गरेको थियो । अधिवेशनलाई महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, टिकाराम प्रधान, महासंघ एसोसिएट प्रदेश समिति अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारी, उपाध्यक्षद्वय बोमलाल गिरी, कालिका शिवाकोटी लगायतले सम्बोधन गरेका थिए ।
अधिवेशनले १४ बुँदे प्रस्ताव पनि पारित गरेको छ । त्यसैगरी कोरोना महामारीलाई बाहाना बनाएर कतिपय सञ्चार माध्यममा सञ्चारकर्मीलाई अनावश्यक दु:ख दिने, काम छाड्न बाध्य बनाउने र समयमा तलब सुविधा नदिने जस्ता कार्य तुरुन्त बन्द सरोकार पक्षलाई आह्वान गरेको छ ।
साथै पत्रकारले न्यूनतम पारिश्रमिक नपाएको बहानामा सूचना विभागले दिने प्रेस पास बन्द गरेकोमा आपत्ति पनि जनाएको छ ।
प्रतिष्ठान प्रदेश अन्र्तगतका पत्रकार महासंघका सबै सदस्यहरूको अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था मिलाउन तथा गम्भीर र जटिल रोगको उपचारका लागि केन्द्रीय समितिसँग आवश्यक पहल लिने प्रस्ताव पनि पारित भएको छ ।